अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ ।

विभागको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन भएको हो ।

यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर दुई सय ३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर एक सय ९३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यसअघि विभागले इन्धनको मूल्य वृद्धि हुँदा यात्रुवाहक तथा मालवाहक सवारीमा पाँच प्रतिशतसम्म भाडा बढाएको थियो भने त्यसबेला पूर्ण रूपमा भाडा समायोजन नभएका कारण अहिलेको मूल्य घट्दा त्यसलाई समेत समेट्ने गरी दुई प्रतिशतले भाडा घटाउने निर्णय लिइएको हो ।

यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैका हकमा यो गिरावट लागू हुनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *