सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर

काठमाडौं। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गरी पौष्टिक खाद्य सामग्री वितरण गरेको जनाएको छ।

बैंकले शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरतालगायत सामाजिक सरोकारका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताएको छ। सोही अभियानअन्तर्गत समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यले सातै प्रदेशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक स्वास्थ्य सेवा र पोषण सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

गर्भावस्था तथा सुत्केरी अवस्थाका बेला देखिन सक्ने पोषणको कमी, रक्तअल्पता (एनिमिया) र अन्य स्वास्थ्य जटिलताको जोखिम न्यूनीकरण गर्दै आमा तथा नवजात शिशुको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ।

यस अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयसँगको समन्वयमा करिब एक हजार ५० गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको जनाएको छ।

स्वास्थ्य शिविरमा सहभागी महिलाको स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो। साथै, तीन महिनासम्म पुग्ने स्वास्थ्यवर्द्धक पौष्टिक खाद्य सामग्रीसमेत वितरण गरिएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

हाल सानिमा बैंकका देशभर १३४ शाखा कार्यालय र १२७ एटीएम सञ्चालनमा रहेका छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *