शेयर बजारमा २४ अंकको गिरावट, ३ अर्ब २५ करोडको कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ को विन्दुमा बन्द भएको छ ।

आज ३६५ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड माथिको शेयर कारोबार भएको छ । आज ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । टक्सार पिखुवाखोलाको ११ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ९ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १३.०४ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले १०.८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै टक्सार पिखुवा खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *