१८ गतेलाई सर्यो कोशी प्रदेशसभा बैठक

विराटनगर । लगातार दुई पटक स्थगित भएको कोशी प्रदेश सभाको बैठक फेरि सारिएको छ।

मंगलबार दिउँसो १ बजे बस्ने तय गरिएको नवौँ अधिवेशनको १६औँ बैठक अब असार १८ गते दिउँसो १ बजे बस्ने भएको हो।

प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काका अनुसार प्रदेश सरकारको अनुरोधमा बैठकको मिति परिवर्तन गरिएको हो।

यसअघि असार ११ र १६ गतेका लागि बोलाइएका बैठकहरू पनि तोकिएको समयमा बस्न सकेका थिएनन्।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक असार १८ गते दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *