कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक सुकुमबासी पक्राउ

काठमाडौँ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङ छन्।

उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएका छन्।

प्रहरीका अनुसार तामाङले सुकुमबासी समस्या समाधान नभएको भन्दै सामाजिक सञ्जालमा ‘खुकुरी हान्छु’ भन्ने अभिव्यक्ति दिँदै खुकुरी प्रदर्शन गरेको आरोप छ।

हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *