रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक सारियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनमा जारी महाधिवेशनका कारण प्रतिनिधि सभा बैठकको समय परिवर्तन गरिएको छ । असार ११ गते बिहीबार बिहान ११ बजे बस्ने गरी तय भएको बैठक असार १२ गते शुक्रबारसम्म सारिएको हो।

सङ्घीय संसद् सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले हस्ताक्षर गरेर सूचना जारी गरेका हुन् ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *