भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले १ हजार ३४४ मतको अग्रता बनाएकी छन् ।
२६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार नेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।






