काठमाडौँ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका चार सांसदको समिति हेरफेर गरेका छन् ।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १७७ बमोजिम विभिन्न संसदीय समितिमा सदस्यहरूको हेरफेर गरेका हुन्।
हेरफेर हुनेहरूमा राम लामा, बोधनारायण श्रेष्ठ, मनिष झा र बुद्धरत्न महर्जन रहेका छन् । लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार समितिमा सरेका छन् ।
त्यस्तै, श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा गएका छन् ।
उता, मनिष झा उपभोक्ता समितिबाट सार्वजनिक लेखा समितिमा गएका छन् । अर्का सांसद बुद्धरत्न महर्जन भने सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा पुगेका छन् ।
Artha Sanjal






