काठमाडौं । आज पनि शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३.५९ को विन्दुमा बन्द भएको छ।
आज ३५७ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एग्रिकल्चर बोण्डको सबैभन्दा धेरै कारोबार भएको । आज यसको ५७ करोड रुपैयाँको कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनबीबीएल डिबेञ्चरको ३१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १०.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले गुमाएका हुन् ।







