काठमाडौँ । १८औँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बालेन्द्र साह सहभागी भएका छन् ।
पहिलो संविधानसभाले २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीसहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ । कार्यक्रममा सहभागी भए पनि काठमाडौं महानगरपालिकाका मेयर शाहले भने सम्बोधन गर्ने छैनन् ।
शाहले मन्त्रिपरिषद्बाटै निर्णय गराएर आफू नबोल्ने भन्दै राष्ट्रपतिलाई सम्बोधन गर्नका लागि पत्र पठाएका थिए ।
Artha Sanjal






