नेप्सेमा ४.९९ अंकको वृद्धि, ६ अर्ब ३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० को विन्दुमा बन्द भएको छ ।

आज ३५४ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ कम्पनकिो घटेको छ ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ३२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालित्तचोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १३.३७ प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमा डिबेञ्चर २०८९ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.६४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *