लघु बीमा क्षेत्रमा तीव्र विस्तार: दश महिनामा ४ कम्पनीद्वारा १ अर्ब १० करोड प्रिमियम संकलन

काठमाडौँ । पछिल्लो १० महिनाको तथ्यांकअनुसार लघु निर्जीवन बीमा कम्पनीहरूको बजार क्रमशः विस्तार भइरहेको छ। संचालनमा रहेका ४ वटा कम्पनीले चालु आर्थिक बर्षको दश महिनामा १ अर्ब १० करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यसले  ग्रामीण तथा साना व्यवसायमा बीमाप्रतिको पहुँच बढ्दै गएको देखाउँछ।

प्राधिकरणको तथ्यांकअनुसार १० महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। समिक्षा अवधिमा यस कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ यस कम्पनीले १० महिनामा  २७ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानमा रहेको  स्टार माइक्रो इन्स्योरेन्सले २६ करोड १९ लाख र चौथोमा रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले २५ करोड ३५ लाख बीमाशुल्क संकलन गरेका छन्।

समिक्षा अवधिमा  बीमालेख जारी गर्ने संख्याका आधारमा पनि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स अग्रस्थानमा छ, जसले १ लाख २० हजारभन्दा बढी पोलिसी जारी गरेको छ।

तथ्यांकअनुसार लघु बीमा कम्पनीहरुबीच प्रारम्भिक तर कडा प्रतिस्पर्धा रहेको देखिन्छ । साथै यी कम्पनीहरु ब्रान्ड पहिचान, ग्रामीण पहुँच, एजेन्ट नेटवर्क र स्थानीय साझेदारीमा निर्णायक भूमिका देखिएका छन्।

यस्तै, औसत बीमाशुल्क अनुपातअनुसार पनि माइक्रो बीमाको प्रकृति स्पष्ट छ—कम प्रिमियम, धेरै पोलिसी। यसले बीमा पहुँच विस्तार भए पनि प्रतिव्यक्ति बीमाशुल्क अझै सानो रहेको संकेत गर्दछ।

समग्रमा लघु निर्जीवन बीमा क्षेत्र विस्तारको बाटोमा छ, तर बजार अझै सानो र प्रतिस्पर्धात्मक छ। आगामी वर्षहरूमा डिजिटल वितरण, बैंक–बीमा सहकार्य (bancassurance) र ग्रामीण वित्तीय साक्षरताले यस क्षेत्रको वृद्धि निर्धारण गर्ने अपेक्षा गर्न सकिन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *