राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । चुनावको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए ।
आयोगले गरेको अनुमगन र प्राप्त सूचनाको आधारमा मतदान कार्य अपेक्षा गरे जस्तो शान्तिपूर्ण हुन नसकेको उनले बताए ।
आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो ।
Artha Sanjal






