एनबीलाई नबिलसँग एक्विजिसन प्रक्रिया रोक्न सर्वोच्चले दियो अन्तरिम आदेश

नेपाल बंगलादेश बैंकलाई एक्विजेशन प्रक्रिया अगाडि नबढाउन सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

सर्बोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालि तथा नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै एक्विजेशन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। अदालतले आगामी जेठ ३ जेठ गते अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफका लागि बोलाएको छ ।

सर्बोच्च अदालतमा नबिल बैंकसँगको एक्विजेशन प्रक्रिया असफल गर्नका लागि दिवेश्वरी ईन्भेष्टमेण्ट प्रालिले बैशाख १९ गते र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले बैशाख २२ गते रिट दायर गरेका थिए ।

सर्बोच्च अदालतले दुईवटा छुट्टा छुट्टै परेको रिटमा बैशाख २५ गते अल्पकालिन अन्तरिम आदेशको फैसला दिएको हो । अल्पकालिन अन्तरिम आदेशसँगै कारण देखाउ आदेशमा विपक्षीलाई जेठ ३ गते बोलाएको छ । साथै नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

रिट निवेदकले नियामक निकाय नेपाल धितोपत्र बोर्ड , नेपाल स्टक एक्स्चेन्ज लि , सिडिएस एण्ड क्लियरिङ लि , नेपाल राष्ट्र बैंक , नेपाल बंगलादेश बैंक लि , नेपाल बंगलादेश बैंक लिका संचालक समिति , नविल बैंक लि र नविल बैंक लिका संचालक समिति विरुद्द रिट दायर छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *