तनहुँमा गोविन्दराज जोशीका छोरा कुटिए

तनहुँको व्यास नगरपालिका मेयरका उमेदवार दीपकराज जोशीमाथि आक्रमण भएको छ । तनहुँकै रिस्तीमा उनीमाथि आक्रमण भएको हो । उनीमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेको बताइएको छ ।

जोशीले रिस्तीमा रहेको एउटा मतदान केन्द्रमा मतपत्र च्यातेको आरोप छ । त्यसपछि आक्रमण भएको थियो । जोशीको टाउकोमा चोट लागेको छ ।

दीपकराज जोशीका बुबा गोविन्दराज जोशीले दिएको जानकारीअनुसार अहिले घाइतेलाई अस्पताल लैजाने तयारी भइरहेको छ ।
रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *