दार्चुलाको शैल्यशिखर नगरपालिका वडानम्बर ६ को पशुपति भवन माविको मतदान केन्द्रमा झडप भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको हो ।
विषयमा मतदाताबीच विवाद भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतीक बिष्टले जानकारी दिए । झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान भने रोकिएको छ ।
मतपेटिका र कर्मचारी सुरक्षित रहेको डीएसपीले बताए ।
Artha Sanjal







