काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १ बजे बस्ने भएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मुख्यालय सानेपामा बैठक बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।
यसअघि आइतबार तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृतसहित ६ बुँदे निर्णय गरेको थियो।
१५औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ। आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो।
फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट थापाले दिएको राजीनामा केन्द्रीय समिति बैठकले अस्वीकृत गरेको छ।
थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।
यद्यपि कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा समूह, शेखर कोइराला समूहले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।






