सुदन गुरुङका चुनावी ‘कमाण्डर’ वाङचुकद्वारा युवतीमाथि हिंसाजन्य दुर्व्यवहार(अडियोसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवनिर्वाचित सांसद सुदन गुरुङका चुनावी कमान्डरले एक युवतीलाई दुव्र्यवहार गरेको अडियो सार्वजनिक भएको छ।

रास्वपा सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई अनुशासन र आचरणबारे बारम्बार सचेत गराइरहेकै बेला उनकै पार्टीबाट चुनाव जितेका सुदन गुरुङ भने आफ्ना चुनावी कमान्डरको घृणित हर्कतका कारण विवादमा तानिएका छन्।

गोरखा–१ बाट निर्वाचित सांसद सुदन गुरुङलाई चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका वाङचुक लामाले सुदनलाई जसरी पनि जिताउन पर्ने भन्दै अपशब्द प्रयोग गरी सामाजिक सञ्जालमार्फत् एक युवतीलाई दुर्व्यवहारपूर्ण अडियो सार्वजनिक भएपछि पार्टी पंक्तिभित्रै तीब्र आलोचना सुरु भएको पार्टीका एक नेताले बताए।

अर्थसंजाल डटकमलाई प्राप्त अडियो सामग्रीअनुसार, वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेकी ती युवतीलाई लामाले अश्लील, तुच्छ, अपमानजनक एवम्  दुर्व्यवहारपूर्ण शब्दहरू प्रयोग गर्दै मानसिक दबाब दिएको सुनिन्छ। चुनावी समयमा सुदन गुरुङको पक्षमा उभिन दबाब दिँदै लामाले महिलाको व्यक्तिगत चरित्र हत्या मात्र गरेका छैनन्, उनको सो व्यवहार सम्पूर्ण महिलाप्रति पुरुषको धारणा अभिव्यक्त गर्न भ्याएका छन्।

आफूलाई किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनल संस्थासँग आवद्ध रहेको दाबी गर्ने लामाको सार्वजनिक छवि र व्यवहारबीच गम्भीर विरोधाभास देखिएको छ। उनी बौद्ध मार्गीको भेषमा सालिन सभ्य देखिन्छन् तर उनको भित्री रुप बाहिर देखाइने प्रस्तुतिभन्दा निकै डरलाग्दो देखिएको छ। महिलामाथि प्रयोग गतेका अडियोमा लामाले अभिव्यक्त गरेका विचार र शब्दावली अत्यन्तै निम्नस्तरको अर्थात् समाजले पचाउनै नसक्ने छन्।

ती पीडित युवतीले लामाका अश्लील म्यासेजेज र अडियो तथा तिनका ‘स्क्रिनसट’ सहितका प्रमाण सुरक्षित राखेको बताएकी छन्।

प्राप्त प्रमाणअनुसार लामाले ती युवतीमाथि प्रयोग गरेका आपत्तिजनक एवम्  दुर्व्यवहारपूर्ण शब्दहरू र अडियो समेत लामाले ‘डिलिट’ गरेर प्रमाण मेटाउने प्रयास गरेका छन् तर, पीडितले उनलाई बारम्बार संयमित हुन चेतावनी दिएको देखिन्छ।

लामाका कारण मानसिक रूपमा अत्यन्तै पीडित बनेकी ती युवतीले न्यायको माग गर्दै आफ्ना आफन्तहरूलाई समेत अडियो पठाएकी छन्। लामाले अत्याचार गरेपछि सामाजिक सञ्जालबाट उनलाई ‘ब्लक’ गरिसकेको ती युवतीले बताएकी छन्। तर, लामाले भने यस बिषयमा प्रतिक्रिया दिएका छैनन्।

लामाको यस किसिमको व्यवहारले नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्वको चरित्रमाथि प्रश्न उठाएको छ। समाज देश परिवर्तन गर्ने नयाँ राजनीतिक शक्ति, जसले स्वच्छता र उत्तरदायित्वको नारा उठाउँदै आएको छ, तिनै दलका शिर्ष नेतृत्वबारे यस्ता किसिमका घटना सार्वजनिक हुनुले पार्टीको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा गरेको छ।

योसँगै रवि लामिछाने नेतृत्वको रास्वपाले यस घटनामाथि निष्पक्ष छानबिन गर्नुपर्ने माग उठेको छ। साथै, राजनीतिक प्रभाव र संरक्षणको आडमा जस्तोसुकै अपराध जोगिन्छन् भन्ने  गलत भाष्यलाई चिर्नुपर्ने दवाव सिर्जना भएको छ।

यसै घटनालाई लिएर महिलामाथि हुने यस्ता दुर्व्यवहारप्रति शून्य सहनशीलता देखाउन पार्टीकै केहि महिलाहरुले आवाज उठाएका छन्। समाज – देशमा सुशासन , अनुसासन कायम राख्दै रुपान्तरणको दाबी गर्ने हो भने राजनीति शुद्धिकरण आफैंबाट गर्नुपर्ने उनीहरुको माग छ।

भिडियो लिँक:

https://www.facebook.com/share/v/1Bm1qY7Bt1/

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *