सुनकाे मूल्य ७ हजार ८०० रुपैयाँले घट्याे

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला तीन दिनदेखि सुनको मूल्य घट्दो क्रममा रहेको छ ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *