प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा सन्तोष प्रसाईं नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओ मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि लागू हुने गरी प्रसाईंलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले स्वीकृति दिएपश्चात मात्रै प्रसाईंले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्नुहुनेछ ।

यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिनुभएको थियो । पौडेलले राजीनामा दिए पछि प्रभु लाइफ इन्स्यारेन्स फागुन १८ गतेदेखि सीईओ विहीन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *