काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान गयो, १८ जना घाइते

काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठाेक्किँदा १८ जना घाइते भएका छन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनमध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरीले बताएकाे छ । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेकाे खुलेकाे छ ।

घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *