डिजिटल वालेटमा क्रेडिट कार्डबाट लोड गरिएको रकम मात्र बैंक ट्रान्सफर नहुने

नेपाल राष्ट्र बैंकद्वारा बैशाख १९, २०७८ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ । सो प्रावधान खल्ती डिजिटल वालेट ले २ वर्ष अघि  देखि नै लागु गर्दै आईरहेको थियो ।

यस निर्देशन लागु भए लगत्तै, अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्रेडिट कार्ड बाहेक अरु अनलाइन माध्यमबाट लोड गरिएको रकम भने नेपाल राष्ट्र बैंकको ट्रान्सफर सीमामा रही सहजै ट्रान्सफर गर्न सकिनेछ ।

यसका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्तीले नेपाल राष्ट्र बैंकको निर्देशन अघि नै यस प्रावधानको पालना गर्दै आएको छ । यो व्यवस्थाले डिजिटल माध्यमहरूको जिम्मेवारीपूर्ण प्रयोगतर्फ थप एक कदम अघि लिएको रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *