सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा ८% ब्याज पाइने

सिद्धार्थ बैंकले नयाँ वर्षको अवसरमा नयाँ बचत खाता सेवा संचालनमा ल्याएको छ । बैंकले ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो ।

यस बचत खातामा मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशतको छुट पहिलो वर्षको लागि रहेको छ । यसका साथै यसमा पहिलो वर्ष डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याट र मेरो सेयर र प्रिपेड कार्ड सेवा निस्शुल्क रहेको छ । १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *