सूर्या लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ब्यतित बीमालेखको पूर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ– यस कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउँन बिलम्ब भई व्यतित भएका बीमालेखहरुमा यहि बैशाख २१ गतेदेखि ३१ गतेसम्म तोकिएको सबै प्रक्रिया पूरा गरि नविकरण गराएमा पूर्नजागरण गर्दा लाग्ने व्याजमा छुट गरिएको छ ।

अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाह गरिने कम्पनीले जनाएको छ । तर, सन् २०२२ मा परिपक्व हुने बीमालेखहरुमा यो छुट सुविधा लागू हुने छैन । त्यस्तै, यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिईसकेका बिमितहरुलाई बीमा अवधिभरि पुन छुट प्रदान नगरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *