उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन

हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको हो ।

राष्ट्र बैंकले लाभांश रोक्न निर्देशनकोविरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो । अदालतले परमादेश जारी गर्दै लाभांश वितरण नरोक्न निर्देशन दिएको हो ।

‘हिमालयन बैंकबाट शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश गर्न सक्ने अवस्था देखिँदा यस सम्बन्धमा जे जे गर्नुपर्ने हो गरी नगद लाभांश वितरण गर्न निवेदक हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु,’ अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ ।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *