कामना सेवा विकास बैंकले शाखारहित बैंकिङ सेवाको थप बिस्तार गरेको छ । बैंकले सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नंं ७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवाको शुभारम्भ गरेको हो ।
बैंकले डाक्नेश्वरी नगरपालिका वडा नंं ७ अमरलतिचोक स्थितओम शान्ती ट्रेडर्स सेन्टरका संचालक मुकेशकुमार साहलाई शाखा रहित बैंकिङ् सेवाकालागि व्यवसायिक प्रतिनिधिनि नियुक्त गरेको हो ।
बैंकले सो सेवा प्रदान गरेसँगै अब ग्राहकहरुले शाखारहित बैंकिङबाटै खाता खोल्न सक्नेछन् । निक्षेप संकलन, गर्न, रकम भुक्तानी गर्न, तथा विभिन्न बिल भुक्तानी गर्ने सुविधा पनि सोही शाखा रहित बैंकिङ सेवामा प्राप्त हुनेछ । आफ्नो पहुँच नपुगेका र भौगोलिक विकटता भएका स्थानहरुमा बैंकले शाखारहित बैंकिङ सेवा निकै महत्वपूर्ण हुने जनाएको छ ।







