भारतीय आयल कर्पोरेसन आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइओसीले पन्ध्र पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको भन्दै आईओसीले नेपाल आयल निगमलाई डिजल, पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य बढाएर पठाएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन सात रुपैयाँ १२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । ग्यास पनि प्रतिसिलिन्डर ११८ रुपैयाँ बढेको छ ।