प्रि ओपनिङ सेसनमा नेप्से २.०६ अंकले बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट अवधिमा कारोबारमा आएका ११ कम्पनीमध्ये ६ वटाको सेयर मूल्य बढेको हो।
११ कम्पनीको ७ सय ६० कित्ता सेयर किनबेच हुँदा २ लाख ६१ हजार ९१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। प्रि(ओपनिङ सेसनमा कारोबार भएकामध्ये ६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ।
नेप्सेका अनुसार कम्पनीको ७१ हजारभन्दा बढीको कारोबार भएको छ । नेप्से २.०५ अंकले बढेर २ हजार ३५८.२३ बिन्दुमा पुगेको छ।







