सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घट्याे 

सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *