स्वस्तिक लघुवित्तको वित्तीय विवरण सार्वजनिक

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ करोड १० लाख नाफा कमाएको हो ।

नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २०% वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९१ लाख ७० हजार नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २४% र सञ्चालन नाफा ७१% ले वृद्धि भएको छ ।

कम्पनीको चुक्तापूँजी ३ करोड ४६ लाख रहेको छ । गत आवमा कम्पनीको जगेडा कोष ६८ लाख ५६ हजार ऋणात्मक रहेकोमा चालू आवमा सुधारिएर २ करोड ८८ लाख धनात्मक भएको छ ।

कम्पनीले ४४ करोड ६६ लाख सापटि लिएर, १६ करोड ३८ लाख निक्षेप संकलन गरेर रू. ६६ करोड ४५ लाख कर्जा लगानी गरेको हो ।

गत आवमा कम्पनीको निष्क्रिय कर्जा २.१० प्रतिशत रहेकोमा चालू आवमा १.२८ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *