भेट्रान्स एफसी ‘मेयर कपको उपाधि झापालाई

एफडी खुमलटार भेट्रान्स क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’को विजेता बनेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलमा झापाले खुमलटारलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि हात पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा झापालाई जित दिलाउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए ।प्रतियोगितामा झापा अपराजित रहँदै विजेता बन्न सफल भएको हो ।

लिगकप नकआउट प्रणालीमा खेलाएको यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो ।

प्रतियोगिताको विजेता टोली झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *