आज सुनको मूल्यमा सामान्य गिरावट

आज सुनको मूल्य सामान्य गिरावट भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३०० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *