लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले घोषणा पत्र सार्वजनिक गरेको छ । आज लोसपाले स्थानीय चुनाव केन्द्रित घोषणा पत्र सार्वजनिक गरेको हो ।
उक्त घोषणा पत्रमा राजनीतिक दलहरूलाई हेर्ने लोसपाको दृष्टिकोण र लोसपाका योजनाबारे उल्लेख गरिएका छन् ।
लोसपाले वृद्धभत्ता र महिला भत्ता वृद्धि गर्ने एजेन्डा पनि राखेको छ। साथै बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कार खर्च आदिको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ।
लोसपाले स्वास्थ्य बिमा, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने पनि बताएको छ भने श्रमिकका लागि पेन्सनको सुनिश्चितता गर्ने उल्लेख गरेको छ। लोसपाले मुख्य राजनीतिक दलहरू विचारशून्य भएको पनि आरोप लगाएको छ।






