चुनावी अभियान सकेर काठमाडौं फर्किए बालेन

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापाको चुनावी अभियान सकेर काठमाडौं फर्किएका छन्।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दर्ता गराउन उनी त्यसतर्फ गएका थिए।

शनिबार विराटनगर विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गर्नुअघि नेता शाहले विमानस्थल नजिकैको एक होटलमा पार्टीका मोरङका उम्मेदवार तथा प्रतिनिधिसँग विशेष छलफल गरेका थिए।

छलफलमा उनले चुनावी तयारी र आगामी रणनीतिबारे कुराकानी गरेका थिए।

उनले ताप्लेजुङ पुगेर पाथीभरा देवीको दर्शन समेत गरेका थिए। ताप्लेजुङबाट धनकुटा हुँदै उनी विराटनगर आइपुगेका हुन्।

चुनावी अभियानका क्रममा झापामा रहँदा उनले विभिन्न क्षेत्रको भ्रमण र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *