काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेकी छन् ।
तामाङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवार बनेको उल्लेख गर्दै उम्मेदवारी फिर्तासम्बन्धी फैलिएका हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् ।
उनले उम्मेदवारी फिर्ता गर्ने नभई जनताको प्रतिनिधि बनेर संसद् पुग्ने दाबी गरेकी छन् । यद्यपि धादिङका निर्वाचन अधिकृत एकराज अधिकारीले तामाङ आशिकाले फोन र इमेलबाट उम्मेदवारी फिर्ताका लागि सम्पर्क गरेको बताएका थिए ।








