काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ कोे निर्वाचनका लागि उम्मेदवारको नाम टुंगाउन केन्द्रीय समिति बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकले १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुंगो लगाउनेछ।
रास्वपाबाट काठमाडौंका मेयर बालेन्द्र शाह बालेन पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
यसअघि समानुपातिक टिकटको बन्दसूचीबारे रास्वपामा विवाद देखिएको थियो।
सोही कारण कतिपयले नाम फिर्ता लिइसकेका छन्।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकाले राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन्।




