आन्तरिक उडानका वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई कार्यान्वयन नगर्ने भएका छन् ।
प्राधिरकणले भोलि (शुक्रबार)देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी छ ।
प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताएका छन् । अहिले रातको ८ बजे पछिका नियमित उडान कार्यान्वयन गर्न सक्ने अवस्था नरहेको कँडेलको भनाइ छ ।
संघका अनुसार अग्रिम रुपमा टिकट काटिसकेको अवस्थामा उडान तालिका परिवर्तन गर्दा यात्रुलाई मार पर्ने भएकाले प्राधिकरणको निर्णय मान्न नसकिने अवस्था आएको हो ।







