सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी गरेको बताएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानए ।
६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको जानकारी दिएका छन् । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनले जमाकजरी दिए ।







