नेप्से १९.९७ अंकले घट्यो, एक अर्ब ४९ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज  दोहोरो अंकले घटेको छ । आज नेप्से १९.९७ अंकले घटेर दुई हजार ३ सय ५६ दशमलब २० विन्दुमा पुगेको हो । आज नेप्सेमा एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ ।  एक कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११४२.६० रुपैयाँ पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स भएको छ । यस कम्पनीको आज ५ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *