कांग्रेसमा ‘लौह पुरुष’ भनेर चिनिने पार्टीका संस्थापक नेता गणेशमान सिंहको नाम आज कांग्रेसीले मात्र होइन अरुले पनि लिन्छन् । कांग्रेसमा उनले गरेको त्यागलाई नै सबैले सम्झिएका हुन् । सिंहलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री बन्न आग्रह गर्दा पनि नमानेको कुरा अहिले उनको इतिहासमा लेखिएको छ ।
२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे । तर, गणेशमानले समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारे । सामान्य पद भए पनि नभई नहुने यो समाजमा उनीजस्तो मान्छेको चर्चा हुनु स्वभाविक पनि हो । उनले आफू प्रधानमन्त्री नखाने भन्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन भनेका थिए ।
त्याग र सहासका प्रतिमूर्ति गणेशमान सिंहका छोरा कांग्रेसका नेता प्रकाशमान सिंहलाई भनें अहिले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार श्रीमती सिर्जना सिंह नभई भएन । उनले धेरै मिहनेत गरेर श्रीमतीलाई उम्मेदवार बनाएका हुन् । सिर्जनाले आफू लामो समयदेखि राजनीति गर्दै आएको भनिए पनि त्यो समाजमा देखिएको छैन ।
प्रकाशमानले सभापतिमा शेरबहादुर देउवालाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । पार्टीको विधान अनुसार सभापतिम पहिलो चरणमा ५० प्रतिशत मत देउवाले नकटाएपछि फेरि दोस्रो चरणको निर्वाचन भएको थियो । प्रकाशमानले सभापतिमा ३ सय ७१ मत ल्याएका थिए । यो मत आफूतिर आउँदा जित्न सकिन्छ भनेर देउवाले सिंहसँग विन्ति नै गरे ।
देउवाले प्रकाशमानसँग भावी प्रधानमन्त्री र अहिलेकै अवस्थामा मन्त्री बनाउने सहमति गरे । त्यसै लालचमा परेर देउवालाई समर्थन गर्न प्रकाशमान तयार भए । सिंहले सघाउने भएपछि देउवा ढुक्क भए त्यसपछि सभापतिमा नै चौथो स्थानमा आएका विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरे । देउवासँग शेखर कोइराला प्रमुख प्रतिस्पर्धामा थिए । दोस्रो चरणमा देउवा र कोइरालाको प्रतिस्पर्धा थियो ।
देउवाले सिंहलाई त्यो गुण तिर्न पाएका थिएनन् । सिंहलाई तत्कालै मन्त्री बनाउने भनिए पनि उनी मन्त्री बनेनन् । सिंहले सुरुदेखि नै श्रीमतीलाई मेयरको उम्मेदवार बनाउन ‘लविङ’ गरेकाले पनि सिंह मन्त्री हुन इच्छुक नभएको विश्लेषण गरिएको छ । बुबा गणेशमानले त्याग र निष्ठाको पर्याय बनेर ‘मान’को मान राखे । छोरा गणेशमानले ‘मान’को घोर अपमान गरे ।
नेकपा एमालेले मेयरमा २०५४ मा पनि काठमाडौंको मेयर भइसकेका केशव स्थापितलाई उठाएको छ । सिंहले मेयरमा जित्ने कि नजित्ने हो त्यो भनें हेर्न बाँकी नै छ ।