शिवपुरी निकुञ्जकाे तारेभिरमा आगलागी, हेलिकप्टरबाट पानी खन्याइँदै

काठमाडौंको विभिन्न जङ्गलमा आगलागी भएको छ ।आज मङ्गलवार  बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेकाे तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ ।

आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिएको छ, हेलिकप्टरले पानी खन्याइरहेकाे छ । यस्तै दमकल, पानी ट्याङकर, निकुञ्जको सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । आगो फैलिँदै गएको बताइएकाे छ ।

दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गलमा र टोखाको सपन तीर्थ जङ्गलमा पनि आगो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको आगो  भने निभाइसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *