वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन एनबीएले आज सार्वजनिक गरेको वैशाख ३ गतेदेखि वैशाख ९ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो।

एनबीएको तथ्यांकअनुसार यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको छ। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ६७ अर्ब रुपैयाँमा झरेको छ। गत वैशाख २ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत वैशाख २ गतेसम्म ४१ खर्ब ९५ अर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *