एएफसीद्वारा नेपाललाई दुई हजार डलर जरिवाना

काठमाडौँ। एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना गरेको छ ।

एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई यो कारवाही गरिएको हो।

पछिल्लो नोभम्बर १८ मा मलेसियामा भएको त्यस खेलमा नेपाल १–० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल स्टेडियमा भएको खेलमा नेपालले खेल सुरु हुन अगाडि मैदानमा प्रवेश गर्न एक मिनेट ३० सेकेन्ड ढिला गरेको थियो ।

मलेसियालाई पनि यही आरोपमा दुई हजार पाँच सय डलर जरिवाना गरेको छ । एएफसीको अनुशासन तथा आचारसंहिता समितिको डिसेम्बर १५ मा बसेको बैठकले नेपाल र मलेसियालाई कारवाही गर्न सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *