जातिय र भाषिक विविधता नेपालको सम्पती : मन्त्री खनाल

काठमाडाैं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले जातिय र भाषिक विविधता नेपालको सम्पती भएको बताएका छन् ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सांस्कृतिक, भाषिक र आर्थिक गतिविधिमा रहेको विविधताले मुलुकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले विविध विधिताहरुको सही उपयोग गर्न नसकिरहेको बताए । कतिपय जातिहरुलाई अहिलेसम्म पनि चिन्न नसकिएको बताए । मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानूनी आधारहरु तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताए ।

आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भएपनि बजेट दिन तत्काल अधिकार नहुने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *