काठमाडाैं। आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार दाेहाेराे अंकले घटेकाे छ। नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को विन्दुमा बन्द भएको छ ।
आज ३३० कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाखको शेयर कारोबार भएको छ । आज ५६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज यस बैंकको २६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १८ करोड ८७ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । याे कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटी होटल लिमिटेडका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.२६ प्रतिशतका दरले गुमाएका छन् ।







