काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले लाभांश पारितसहितका एजेन्डासहित पुस १९ गते साधारण सभा डाकेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज मिति तोकेको छ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको प्रतिफल घोषणा गरेको छ। जसमध्य ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ११.०५ नगद र १० प्रतिशत बोनस सेयर तथा २०७९/८० मा २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी अहिले ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ छ।







