कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर घोषणा, ४.२५ देखि अधिकतम ७.२५ प्रतिशतसम्म

काठमाडौं। कर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०८२/८३ मा कोष तथा निवृत्तभरण कोष रकममा उपलब्ध गराउने र सञ्चयकर्ता सापटीमा लिने वार्षिक ब्याजदर पुनरवलोकन गरी २०८२ पुस १ देखि लागू हुने गरी नयाँ वार्षिक ब्याजदर घोषणा गरेको छ। कोषले न्यूनतम ४.२५ देखि अधिकतम अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको हो।

विशेष सापटीबाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा कोषले  ०.२५ प्रतिशतले छुट दिने भएको जनाएको छ । कोषका अनुसार सञ्चय कोष र निवृत्तिभरण कोषमा ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

त्यस्तै, कोषले सञ्चयकर्ता सापटीमध्ये विशेष सापटीको ब्याजदर ५.७५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७ प्रतिशत, जग्गा खरिद सापटी र सरल सापटीमा ७.२५ प्रतिशत ब्याजदर लिने घोषणा गरेको छ । 

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रुपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा ०.२५ प्रतिशतले छुट दिने पनि कोषले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *