प्रि ओपन सेसनमा सामान्य अंक घट्यो नेप्से

काठमाडाैं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

यस दिन सो सेसनमा ०.३२ अंक घटेर २६०७.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको ८१ पटकको कारोबारमा ७३ लाख ८१ हजार १८५ रुपैयाँ ९० पैसाबराबरको १४ हजार ४०१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *