‘पर्यटन बोर्डको ६९ करोड भ्रष्टाचारमा मुछिएकी श्रेष्ठ जेनजी सरकारकी मन्त्री’

काठमाडौं । पर्यटन बोर्डमा भएको ६९ करोड भ्रष्टाचार मुद्दामा मुछिएकी श्रद्दा श्रेष्ठ अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् । भ्रष्टाचार मुद्दाकी प्रतिवादी श्रेष्ठलाई कार्कीले विभागीय मन्त्री नियुक्तिका निम्ति शुक्रबार (मंसिर २६) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन् ।

श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन् । पर्यटन बोर्डमा भएको भ्रष्टाचार तथा अनियमितता छानविन गर्न गठित समितिले करोडौं रकम हिनामिना भएको निष्कर्षसहित २०७१ साल चैत्र २१ मा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा उच्च अदालतमा बिचाराधीन छ।

तत्कालीन सहसचिव पूर्णचन्द्र भट्टराईको समितिले बोर्डमा भ्रष्टाचार भएको ठहर गरेपछि व्यवस्थापिका संसदको लेखा समितिले कामु कार्यकारी प्रमुख सुवास निरौलालाई तत्काल निलम्बन गरि थप छानविन गरेर कारबाही गर्न सुझाव दिएको थियो । समितिले छानविनका क्रममा भ्रष्टाचार गरेको पाएको थियो ।

सोहि मुद्दामा मुछिएकी श्रेष्ठलाई कार्कीले मन्त्रीमा सिफारिस गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *