काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
बिहिबार बसेको सञ्चालक समितिको बैठकले १०.५२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको १०.५२६३२ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको हो ।
यो लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।







